कुल विश्व निर्यातको ४५ प्रतिशत चामल निर्यात भारतबाट
नयाँ दिल्ली । भारतले यो वर्ष चामल निर्यात बढाउने देखिएको छ । यसको लागि बन्दरगाहमा ह्याल्डलिङ क्षमता बढाइसकेको छ । भारतीय मिडियाहरुका अनुसार यो वर्ष भारतले कुल विश्व निर्यातकै ४५ प्रतिशत चामल निर्यात गर्न सक्नेछ ।
अहिले पनि भारत विश्वमै धेरै परिमाणमा चामल निर्यात गर्ने राष्ट्र हो । भारतीय वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार यो वर्षको सुरुवाती सात महिनामा नै भारतले करिब एक करोड २८ लाख ४० हजार टन चामल निर्यात गरेको छ । जुन एक वर्षअघिको तुलनामा ६५ प्रतिशतले बढी हो । चीनपछि भारत दोस्रो ठूलो चामल उत्पादक देश हो । भारतले अफ्रिका र एसियामा चामल निर्यात गर्छ । यो वर्ष भारतको कुल चामल निर्यात २२ अर्ब टनसम्म पुग्ने अनुमान गरिएको छ । यो तथ्यांकअनुसार भारतपछि धेरै चामल निर्यातमा थाइल्यान्ड, भियतनाम र पाकिस्तानको कुल निर्यातभन्दा बढी भारत एकै देशको बढी हुन्छ । यी तीन देशको निर्यात २२ अर्ब टनभन्दा कम रहेको छ । त्यसो त यो वर्ष चीन, भियतनाम र बंगलादेशजस्ता देशले पनि भारतबाट चामल खरिद गरेका छन् । सन् २०२० मा भारतको निर्यात करिब ४९ पतिशतले बढेर एक करोड ४७ लाख टन पुगेको थियो । खासगरी गैरबासमती चामलको शिपमेन्ट ७७ प्रतिशतले बढेर ९७ लाख टन पुगेको थियो ।
सन् २०२१ मा गैरबासमती चामल दुई गुणा बढेर एक करोड ८० लाख टनको नजिक पुगेको बताइएको छ । गत मार्चयता भारतबाट चामल लैजान पनि सस्तो भइरहेको छ भने गन्तव्य देशमा माग पनि बढिरहेको छ । भारतले आन्ध्र प्रदेशको काकिनाडामा रहेको बन्दरगाहबाट मुख्यतः चामल निर्यात गर्दै आएको छ । यो बन्दरगाहबाट यो वर्ष कम्तीमा पनि १० लाख टन चामल निर्यात भइसकेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया