अमेरिकाले बेलायती भेडाको मासु आयात प्रतिबन्ध हटाउने
लन्डन । संयुक्त राज्य अमेरिकाले बेलायती भेडाको मासु आयातमाथि लगाएको प्रतिबन्ध हटाउने भएको छ । बीबीसीका अनुसार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो घोषणा गरेका हुन् ।
योसँगै अब बेलायती किसानहरुले दशकयता पहिलोपटक भेडाको मासु अमेरिका निर्यात गर्न सक्ने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री जोन्सनले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता हुनलागेको भन्ने दाबीलाई भने अस्वीकार गरेको बताइएको छ । तर सरकारले बेलायती निर्यात प्रवर्द्धनको लागि व्यावहारिक कदम चाल्ने उनले बताए ।
अमेरिकाले सन् १९८९ यता बेलायतबाट भेडाको मासु र बिफ आयात गरेको छैन । म्याड काउ रोगले चिनिने बीएसईको संक्रमण फैलिएपछि अमेरिकाले बेलायतबाट ती मासु आयातमाथि प्रतिबन्ध लगाएको थियो ।
गत वर्ष सेप्टेम्बरमै बेलायती बिफ आयातमाथिको प्रतिबन्ध हटिसकेको छ । यद्यपि भेडाको मासु कहिलेदेखि अमेरिकाले स्वीकार्नेछ भन्ने खुलेको छैन । अमेरिकी कृषि विभागले सन् २०१६ यता नै प्रतिबन्ध फुकुवाको तयारी गरिरहेको थियो । अर्को वर्षदेखि मासु आयातको बाटो खुल्ने आशा बेलायतले गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया