एचएमडी ग्लोबल काठमाडौं किंग्स ११ को साझेदार
काठमाडौं । एचएमडी ग्लोबल होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी–२० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई)को आधिकारिक स्मार्टफोन साझेदार बनेको छ ।
यो प्रतियोगिताको चौथो संस्करण गत वर्ष हुने तय भएको थियो तर कोभिड १९ को महामारीका कारणले शनिबारदेखि सुरु भएको छ । उक्त खेल असोज २३ सम्म हुने भएको छ । फिनल्यान्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता एचएमडी ग्लोबलले उपभोक्ताहरुलाई एक साथ ल्याउने र देशमा आफ्नो ब्रान्डको निर्माणको लागि मार्केटिङ पहलको लागि केकेएक्सआईलाई लाभान्वित गर्ने योजना बनाएको छ ।
प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी छवटा टोली सहभागी छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया