बुद्धभूमि हाइड्रोपावरको आठ करोड रुपैयाँको साधारण सेयर आजबाट
काठमाडौं । बुद्धभूमि हाइड्रोपावर कम्पनीको आठ करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री आज सोमबारबाट खुला भएको छ । आजबाट कम्पनीको एक सय रुपैयाँ अंंकित मूल्य कायम रहने गरी आठ करोड रुपैयाँबराबरको आठ लाख कित्ता साधारण सेयरको बिक्री खुला भएको हो ।
बिक्री खुला भएको कुल सेयरमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषको लागि, दुई प्रतिशत अर्थात् १६ हजार कित्ता र बाँकी रहेको सात लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याइएको हो ।
लगानीकर्ताहरूले न्यूनतम १० देखि ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको संस्थाको जारी पुँजी ४० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको छ ।
साधारण आयोजना प्रभावित क्षेत्रका जनताको लागि छुट्याएको र सर्वसाधारणको लागि छुट्याएको सबै सेयरको बिक्रीपश्चात् संस्थाको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुुग्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकको रुपमा भने सिभिल क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही असोज १४ गते र ढिलोमा असोज २५ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया