निलम्बित पूर्वसहसचिव शर्मा ५० लाख धरौटी बुझाएर रिहा
काठमाडौं । निलम्बित पूर्वसहसचिव चूडामणि शर्मा ५० लाख रुपैयाँ धरौटी बुुझाएर रिहा भएका छन् । सोमबार विशेष अदालतले माग गरेको रकम ५० लाख धरौटी बुझाएर शर्मा रिहा भएका हुन् । विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको सयुंक्त इजलासले शर्मालाई धरौटीमा छाड्न आदेश दिएका हुन् ।
शर्माविरुद्ध तत्कालीन समयमा कर फर्छयौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने करछुट दिएको अभियोग लागेको थियो । आयोगले व्यवसायीहरुलाई मनलागी कर छुट दिएर राज्यकोषमा एक अर्ब ३३ लाख घाटा हुने गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । यसअन्तर्गत गत असारमा शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
सोही मुुद्दामा कर फछ्र्योट आयोगका अध्यक्ष महत र सदस्य ढकाल आइतबार अदालतमा उपस्थित भएर ५० लाख नै धरौटी बुझाएर रिहा भइसकेको विशेष अदालतले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया