यातायात प्रविधिमा पैसा खन्याउँदै टोयोटा
टोक्यो । जापानी अटोमेकर टोयोटाले यातायात प्रविधिसम्बन्धी प्राप्तिहरुलाई तीव्रता दिएको छ । कम्पनीले सिलिकन भ्यालीको सफ्टवेयर विकासकर्ता कम्पनी रेनोभो मोटर्स इन्कलाई स्वचालित ड्राइभिङ प्रविधिमा काम गरिरहेको आफ्नो वोभन प्लानेट टिममा समावेश गरेको हो ।
टोयोटाले मंगलबार यस्तो घोषणा गरेको हो । एक वर्षअघि कम्पनीले अमेरिकी भेन्चर कारमेरा इन्क किनेको थियो । कारमेराले सडकको नक्सा अपडेटलाई सस्तो र द्रुतगतिको सेवा दिन्छ । त्यसका लाािग यसले टोयोटाका दशौँ लाख गाडीमा जटित क्राउडसोस्र्ड इन्फरमेसन (भीड स्रोत सूचना) प्रयोग गर्छ ।
पछिल्लो खरिदको आर्थिक विवरण कम्पनीले खुलाइसकेको छैन । एपीका अनुसार रेनोभोले अटोमेटिभ अपरेटिङ सिस्टम विकास गर्छ जसलाई टोयोटा मोटर कर्पले प्रोग्राम्ड भेहिकलका लागि महत्वपूर्ण देखेको छ । यसलाई एउटा मोबिलिटी कम्पनीमा रुपान्तरण गर्न सकिने टोयोटाको विश्वास छ जसले कारमात्र नभई अन्य सवारीसाधनलाई पनि यसमा समावेश गरिनेछ । रेनोभोको अर्थ ल्याटिन भाषामा नयाँ जीवन वा नवीकरण भन्ने हुन्छ ।
रेनोभोको डेटा व्यवस्थापन प्लेटफर्मले अटोमेकरहरुलाई आफ्ना सवारीसाधनबाट निरन्तर सिक्न प्रेरित गर्छ । यसको ‘कम्प्लिट लुप’ तरिका प्रयोग गरेर त्यो प्राप्त हुनेछ । यसो हुँदा सवारीसाधन अझै सुरक्षित र भरपर्दो हुने कम्पनीको विश्वास छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया