विद्युतीय गाडी प्लान्टमा ११ अर्ब डलर लगानी गर्ने फोर्डको घोषणा
अमेरिका । अमेरिकी अटो निर्माता फोर्डले विद्युतीय गाडीमा महत्वपूर्ण लगानी गर्ने घोषणा गरेको छ । अमेरिकामा विद्युतीय गाडी उत्पादनमा ११ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा कम्पनीले गरेको हो ।
कम्पनीले संयुक्त राज्य अमेरिकाको केन्टुकी राज्यमा दुईवटा ब्याट्री पार्क र टेन्निसीमा अहिलेसम्मकै ठूलो कारखाना बनाउने फोर्डले जनाएको छ । उक्त लगानी योजनाअनुसार कम्पनीले शून्य उत्सर्जन कारहरु र पिकअपहरु अमेरिकी उपभोक्ताको लागि उत्पादन गर्नेछ । यसबाट ११ हजार रोजगारी समेत सिर्जना हुने बताइएको छ ।
जीएम र स्टेलान्टिसजस्तै फोर्डले पनि सन् २०३० मा आफूले बेच्ने आधाजसो कारहरु शून्य उत्सर्जनयुक्त हुने आशा गरेको छ । यद्यपि सरकारले समेत यस्तैखाले थप लगानी गर्नुपर्ने हुन्छ । फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी जिम फार्लेले भने, ‘अमेरिकाका लागि राम्रो भविष्य निर्माण गर्ने यो हाम्रो ठूलो क्षण हो, ठूलो लगानी हो ।’
कम्पनीले थोरैभन्दा पनि धेरै विद्युतीय कारमा ब्रेकथ्रु दिने गरी अघि बढेको दाबी गरेको छ । फोर्डका अनुसार टेन्निसीको कारखाना ब्लु ओभल सिटी छ वर्गमाइल क्षेत्रमा हुनेछ भने यहाँ अर्को पुस्ताका विद्युतीय पिकअप ट्रक र ब्याट्रीहरु सन् २०२५ बाट उत्पादन हुनेछन् । केन्टुकीको ब्याट्री पार्कले नयाँ लाइनका फोर्ड र लिंकन ईभीलाई शक्ति (ब्याट्री) दिनेछ ।
यसअघि नै फोर्डले ईभी उत्पादन गर्न टेक्सस र मिचिगन प्लान्टमा लगानी गरिसकेको छ । कम्पनीले भविष्यमा दक्षिण कोरियाली ब्याट्री उत्पादक एसके इन्नोभेसनसँग साझेदारी गरी नयाँ लगानी गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया