अमेरिका । चर्चित प्रविधि कम्पनी अमेजनले घर रेखदेख गर्नसक्ने एस्ट्रो रोबोट ल्याउने घोषणा गरेको छ । कम्पनीले एलेक्सा स्मार्ट होम टेक्नोलोजीले बनाएको आफ्नो पहिलो हाउसहोल्ड रोबोट ल्याउने घोषणा गरेको हो ।
कम्पनीका अनुसार यो रोबोटले घरपालुवा जनावर, मानिस र घरकै सुरक्षा अवस्थाको अनुगमन गर्न सक्नेछ । यो रोबोट रिमोटबाट कन्ट्रोल गर्न सकिन्छ । त्यस्तै यसले स्वचालित रुपमा घरको रेखदेख गर्न समेत सक्छ । त्यसो गर्दा यदि केही अस्वाभाविक गतिविधि पाए केही भेटिए घरमालिकलाई नोटिफिकेसन (सूचित) दिन सक्छ ।
यसमा धेरै गतिविधि र हाउभाउको ‘प्रोग्राम’ गरिएको छ । यो सानो रोबोटमा पेरिस्कोप क्यामरा सबैभन्दा मािथ राखिएको छ । यसको मूल्य नौ सय ९९ अमेरिकी डलर पर्नेछ । रोबोट यही वर्षदेखि बजारमा पठाउन थालिनेछ । तर अहिलेलाई अमेरिकामा मात्रै उपलब्ध हुनेछ । यसको मूल्य १४ सय ४९ अमेरिकी डलरसम्म पर्नसक्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया