वृज सिमेन्टद्वारा भवन निर्माणको लागि सहयोग प्रदान
काठमाडौँ । पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट इ. प्रालिले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणको लागि सिमेन्ट सहयोग प्रदान गरेको छ ।
वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका चितवन एरियाका सेल्स म्यानेजर लक्ष्मी प्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोपाइटर शिरिष पन्त र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवाली बीच सहयोग गर्ने सहमति भएको हो । पत्रकारहरुको हकहितका लागि स्थापना भएको महासंघलाई वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनीय रहेको महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीले बताए ।
पुष्पतारा केडिया सेवा फाउन्डेसनले विभिन्न सामाजिक संघ/संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा समेत महासंघ चितवन शाखाले पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टसँग सहकार्य गर्दै अगाडि बढ्ने महासंघका अध्यक्ष नारायण अधिकारीले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया