तेस्रो त्रैमासिकमा बढ्यो टेस्लाको उत्पादन
अमेरिका । यो वर्ष तेस्रो त्रैमासिकमा विद्युतीय कार कम्पनी टेस्लाको उत्पादन बढेको छ । कम्पनीले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा दुई लाख ३७ हजार आठ सय २३ वटा कार उत्पादन गरेको हो । उसले सोही अवधिमा दुई लाख ४१ हजार तीन सयवटा कार डेलिभरी समेत गरेको जनाएको छ ।
यो भनेको एक वर्षअघिको भन्दा झण्डै दोब्बर हो । सन् २०२० को यही अवधिमा कम्पनीले एक लाख ४५ हजार ३६ वटाा उत्पादन गरेको थियो भने एक लाख ३९ हजार तीन सयवटा बिक्री गरेको थियो । अहिले उत्पादन वृद्धि दर नै ६४ प्रतिशत रहेको सीएनएनले जनाएको छ । साथै यसले सन् २०२१ मा कम्पनीको आम्दानी पनि निकै बलियो हुने देखिएको छ । यो तथ्यांकले विश्वका अटो कम्पनीले झेलिरहेको चिप्स अभाव र आपूर्तिको असहजतालाई टेस्लाले भने केही किनारा लगाउन सकेको रुपमा हेरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया