Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधर्‍याडिसन होटल २४औं वर्षमा

र्‍याडिसन होटल २४औं वर्षमा


काठमाडौं : र्‍याडिसन होटल भनेर चिनिले लाजिम्पाटको ओरियण्ड होटल २४औं वर्षमा प्रवेश गरेको छ । भर्चुअल मार्फत भएको २४औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष सुभद्रा श्रेष्ठले को अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभाले आर्थिक बर्ष २०७७-०७८ को संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ अषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आर्थिक बर्ष २०७७-०७८ को नाफा नोक्शान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको बित्तीय विवरणसंग सम्बन्धि टिप्पणीहरु पारित गरेको छ ।

आर्थिक वर्ष २०७७-०७८ मा होटलको कूल आम्दानी रु. १३.१२ करोड रहेको र कूल सञ्चालन खर्च रु. ३३.४२ करोड भई जम्मा रु. २२.५७ करोड सञ्चालन नोक्सान भएको र सम्पूर्ण खर्चहरु कट्टा गरि खूद नोक्शान रु.२०.३६ करोड भएको थियो भने अघिल्लो वर्ष २०७६-०७७ मा खूद नाफा ६.६९ करोड भएको जानकारी गराईयो । यसरी उल्लेखिनिय रुपमा नोक्सान हुनुको मूख्य कारण कोभिट १९ को प्रभावले पर्यटकहरु आगमन नहुनु साथै नेपाल सरकारबाट जारी निर्देशन अनुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, स्वीमिङ्ग पुल, हेल्थ कल्ब आदी खोल्न बन्देजको कारण रहेको बताएको छ । यस आर्थिक बर्षमा नोक्सान भएको हुनाले लाभांश वितरण नगर्ने निर्णय समेत गरेको छ ।

कम्पनीले संस्थागत सुशासन अन्तर्गत यस्तो बिषम परिस्थितिमा पनि समयमा नै बार्षिक साधारण सभा गरेको र आफ्नो बित्तिय प्रतिवेदनहरु पारदर्शिरुपमा प्रत्येक त्रैमासिक एवं वार्षिक रुपमा अन्तर्राष्ट्रिय बित्तिय प्रतिवेदन मानअनुसार तयार गरिएको नेपाल वित्तिय प्रतिवेदन मानले निर्धारण गरे अनुसार तयार गर्दै आएको बताएको छ ।
होटलले आप्mनो स्तरीय सेवालाई निरन्तरता दिन व्यावसायिक दृष्टिकोणले अति उत्तम बनाई स्तरीय सेवा प्रदान गर्न साथै अहिले नयाँ निर्माण हुने विभिन्न होटलहरुसँग प्रतिस्पर्धा गर्नको लागि आफ्नो पुरानो भवनलाई पूनर्निर्माण गर्दै लगिएको, होटललाई अत्यावशक पर्ने ए.सि. सिस्टमलाई आधुनिक भिआरएफ सिस्टम ले प्रतिस्थापन गर्ने र बढी उर्जा खपत हुने तथा वातावरणमा असर पार्ने पुरानो प्रविधिको बोइलरलाई प्रतिस्थापन गर्ने उल्लेख छ ।

साधारणसभामा संस्थागत शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालक सुभद्रा श्रेष्ठ, अनिल दास श्रेष्ठ, मिसु श्रेष्ठ र बिधाता श्रेष्ठ तथा साधारण शेयरधनी समुह (ख) बाट सुनिल लाल श्रेष्ठ र प्रकाश तिवारीको साथै स्वतन्त्र संचालकमा रबिन्द्र लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया