चित्रकलाको माध्यमबाट देशको प्रचार गर्न तम्सिए युवा
बनेपा, माघ १५
गत शनिबार बनेपाको चण्डेश्वरी मन्दिरको प्राङ्गणमा लाख बत्ती बाल्नेहरु, मन्दिरमा पूजापाठ गर्न आउने र वनभोज आउने जाने मानिसहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । यही भीडभाड भन्दा फरक दृश्य पनि त्यहाँ देखिन्थ्यो । मन्दिरको हाताभित्र र बाहिर चारैतिर हातमा ब्रस, रङ् र क्यानभाष बोकेका कलाकारहरु छरिएर बसेका थिए । कोही मन्दिरलाई चित्रमा उतार्न व्यस्त थिए । कोही मन्दिरको वरपरका दृश्यहरुलाई चित्रमा कैद गर्दै थिए । बनेपा, भक्तपुर, ललितपुर र काठमाडौंबाट आएका कलाकारहरु मन्दिर, पाटी, वरपरका साना मन्दिर अनि पारिपट्टिको हरियो जंगल क्यानभासमा कैद गरिरहेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका कलाकारहरु मिलेर हरेक शनिबारको दिन खुला आकाशमुनि बसेर चित्र कोर्न साटर्डे प्लेन एयर वर्कशप नामको समूह बनाए । जसले देशका विभिन्न स्थानमा रहेको प्राकृतिक सम्पदा, पूरा तात्विक महत्त्व बोकेका स्थानहरु पहिचान गरी त्यहाँको दृश्य क्यानभास उतार्दै आएको बनेपाका कलाकार रुविन बादेले बताए ।
साटर्डे प्लेन एयर वर्कशपका संयोजक दिपेश प्रधानले ऐतिहासिक, धार्मिक, साँस्कृतिक पक्ष, जनजीवन, भेषभूषा, वातावरण, सम्पदा र स्थानीय महत्वलाई स्थलगत रुपमा अबलोकन गरी चित्रमा उतार्ने र त्यस्ता चित्रहरुलाई संकलन गरी २/३ महिनामा एक पटक प्रदर्शनीमा राख्ने गरेको बताए । गत पुसमा रसुवाका प्राकृतिक सम्पदाहरुबारे कलाकारहरुले तयार गरेका चित्रहरु ठमेलमा प्रदर्शनीमा राखेका थिए । चित्रकलाको माध्यमबाट नेपाली कला, संस्कृति र ऐतिहासिक संपदाहरुको संरक्षण गर्नुका साथै देश विदेशमा प्रचारप्रसार गर्ने साटर्डे प्लेन एयर वर्कशपको उद्देश्य रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया