सिटिजन्स बैंक र लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेसबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेस प्रालिबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका मोबाइल बंैकिङ ग्राहक एवं कर्मचारीहरूले लस्कर फुड्स एन्ड डेलिभरी सर्भिसेस प्रालिको विभिन्न सेवाहरूमा विषेश छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरूको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, एक सय २१ वटा एटीएम र एक सय ११ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९)को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ । यसप्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया