ढाका । चीनले छिमेकी राष्ट्र बङ्गलादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्गलादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् ।
‘चिनियाँ सरकारले बङ्लादेश सरकारलाई अहिले पाँचौ चरणको खोप उपहार प्रदान गरेको छ, उस्ले पठाएको खोप मङ्गलबार बङ्लादेशको राजधानी ढाका आइपुगेको छ’, एक अधिकारीले भने ।
बङ्गलादेशस्थित चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले सिनोभ्याक लाईफ साइन्स कर्पोरेसन लिमिटेडद्वारा उत्पादित खोप उपलब्ध गराइएको जनाएको छ ।
चीनले बङ्गलादेशलाई यसअघि गत मे, जुन र अगस्टमा सिनोफर्म खोप उपलब्ध गराएको थियो । छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न उच्च प्राथमिकताका साथ सहयोग गर्ने चिनियाँ रणनीति अनुसार चीनले बङ्लादेशलाई खोप उपलब्ध गराउदै आएको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया