मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित
काठमाडौं । मुक्तिनाथ बिकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरेको र जी २० ग्लोबल पार्टनरसिप फर फाइनान्सीयल इन्क्लुजन (जीपीएफआई) बाट समर्थित ग्लोबल एसएमई अवार्ड २०२१ द्वारा साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो । बैंकका अनुसार सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।
साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई एसएमई फाइन्सीयर अफ दि एयर एसिया विधामा सम्मानित भएको हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको छ । बैंकललाई यसअघि युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया