नेपालमा जावा मोटरसाइकल राइड आयोजना
काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँग मिलेर शनिबार नेपालमा पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ । क्लासिक लिजेन्ड्सका सह–संस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा नेपालको रमणीय दृश्य घुमाउँदै देशभरका जावा समुदायका चालकहरूले यात्रा गरेका थिए ।
नेपाल भारतीय उपमहाद्वीपभर प्रिमियम दुई पाङ्ग्रेको बजारको रुपमा उदाउँदै आएको छ । यसले जावा मोटरसाइकलका लागि महत्वपूर्ण अवसरको प्रतिनिधित्व गर्दछ । जावा मोटरसाइकलले हाल नेपालमा जावा, जावा ४२ र जवा पेराक मोटरसाइकलको बिक्री वितरण गर्दै आएको छ । क्लासिक लेजेन्ड्सले विगत तीन वर्षदेखी भारतमा जावा ब्रान्डको मोटरसाइकललाई सफलतापूर्वक स्थापित गरिसकेको छ र आफ्नो आधारलाई विस्तार गर्ने योजना बनाएको छ ।
नेपालमा ब्राण्डलाई अझ बढी सुदृढ तुल्याउने र भारतमा जस्तै जावा प्रेमीहरूको मन जित्ने कम्पनीको आशा छ । देशभर र बाहिर जावा समुदाय (जावा कोम्युनिटी)को निर्माण र स्थापना जावाको यात्राको अभिन्न हिस्सा भएको छ । जावा राइडरहरूले सधैं नयाँ भूभागहरू अन्वेषण गर्ने र ब्रान्डसँग नयाँ अनुभवहरू प्राप्त गर्ने अवसरहरू खोजिरहेका हुन्छन् ।
नेपालको जावा समुदायले प्राप्त गरेको लगाव र स्नेहले ब्रान्डको विस्तार गर्ने क्षमताको विश्वासलाई बलियो बनाएको छ । यस ब्राण्डले नेपालका प्रमुख सहरहरू जस्तै काठमाडौं, पोखरा, बिर्तामोड, बिराटनगर, इटहरी, धरान, लहान, वीरगन्ज, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, सुर्खेत र बाग्लुङ्गमा सफलतापूर्वक डिलरसिप स्थापना गरेको छ । भविष्यमा थप विस्तार गर्ने योजना रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया