काठमाडौं । फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । प्रदर्शनको शुक्रबार उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताए । ‘देशको अर्थतन्त्रमा टेवा पु-याउने, व्यापारघाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा यसलाई लिनुपर्छ, लिइरहेका छौँ ।’
फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात गर्नु नपर्ने गरी संकल्प गरेर अगाडि बढ्न आग्रह गरे । उनले केही प्रतिशत अन्य मुलुकबाट वर्षेनी फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुनेगरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न समेत आग्रह गरे । मन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्वपूर्ण रहेको बताए । ‘कतिपय समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र होला’, उनले भने, ‘तर हाम्रो समाजमा यो व्यवसायसँग मात्रै छैन, हाम्रो संस्कृतिसँग पनि यसको सम्बन्ध छ । हाम्रो समाजमा जन्मिएका बेला फूलबाट स्वागत गरिन्छ, मृत्युपछि पनि यसैबाट बिदाई गरिन्छ ।’
फ्लोरिकल्चर एसोसिएसनले वर्षेनी प्रदर्शन आयोजना गर्दै आएको छ । शुक्रबारबाट सुरु भएको प्रदर्शनी सोमबारसम्म चल्ने बताइएको छ । प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फूलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले बताए । अध्यक्ष तामाङले प्रदर्शनीको अवलोकन ३५ हजार बराबरले गर्ने अनुमान गरिएको जानकारी दिए । त्यस्तै ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको उनको भनाइ छ । अध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७६/०७७ को प्रदर्शनीमा ७३ लाखको व्यापार भएको थियो । अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया