डार्कसाइडबारे सूचना दिनेलाई अमेरिकाले १ करोड डलर दिने
वासिङटन । संयुक्त राज्य अमेरिकाले डार्कसाइड नामक ह्याकिङ ग्रुपबारे सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिने प्रस्ताव गरेको छ । गत मे महिनामा डार्कसाइड -यान्समवेरले आक्रमण गर्दा अमेरिकाको पूर्वी तटीय क्षेत्रमा रहेको ५५ सय माइल लामो इन्धन पाइपलाइन बन्द भएको थियो । उक्त पाइपलाइनले पूर्वी तटीय क्षेत्रमा प्रयोग हुनेमध्ये ४५ प्रतिशत इन्धन बोक्छ ।
यो पुरस्कार डार्कसाइडको नेतृत्व तहमा रहेका कुनै व्यक्तिको परिचय वा ऊ रहेको स्थानबारे पत्ता लगाउनका लागि भएको बताइएको छ । डार्कसाइड -यान्समवेर आक्रमणमा सहभागी हुन खोज्नेलाई पक्राउ गर्नका लागि छुट्टै ५० लाख डलरको पुरस्कार पनि प्रस्ताव गरिएको छ ।
उक्त साइबर आक्रमणले कोलोनियल पाइपलाइन कम्पनीले धेरै दिनसम्म अपरेसन नै बन्द गर्नुपरेको थियो । पछि कम्पनीले ४४ लाख डलर बिटक्वाइनमा भुक्तानी गरेको थियो । क्रिप्टोकरेन्सी विश्लेषण गर्ने एलिप्टिकको अनुमानमा डार्कसाइडले कम्तीमा ९ करोड ४७ व्यक्ति वा संस्थाबाट -यान्सम भुक्तानी लिएको छ । यद्यपि अमेरिकी अधिकारीहरुले कम्पतीले तिरेको मध्ये ६३.७ बिटक्वाइन भुक्तानी फिर्ता लिन सफल भएको बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया