बंगलादेशमा विश्व प्रविधि सम्मेलन आजदेखि सुरु हुँदै
ढाका । सूचना प्रविधिसम्बन्धी विश्व सम्मेलन आज बिहीबारदेखि सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु इन्टरनेशनल कन्फरेन्स सेन्टरमा सम्मेलन सुरु हुनलागेको हो । आईसीटी द ग्रेट इक्वेलाइजर अर्थात् सूचना प्रविधि नै मुख्य साधनको नारामा हुनलागेको सम्मेलन आईसीटी डिभिजन बंगलादेश कम्प्युटर काउन्सिल र बंगलादेश कम्प्युटर सामिटीले वल्र्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिस एलियन्सको सहयोगमा गर्न लागेको हो ।
बंगलादेशका थुप्रै संस्था यसका सहआयोजक रहेका छन् । सम्मेलन चार दिनसम्म चल्नेछ । सम्मेलनका दौडान एसिया ओसेनिया इन्टरनेशनल कन्फरेन्स एएसओसीआईओ डिजिटल समिट २०२१ पनि आयोजना गरिनेछ । भौतिक उपस्थिति र भर्चुअल विधिमा सम्मेलन हुनेछ । सम्मेलनलाई बंगलादेशी राष्ट्रपतिले उद्घाटन गर्नेछन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया