काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अघिकृत पदको लागि ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका सूचना अधिकृत रितेश शाक्यका अनुसार नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि डा. रमेश कुमार भट्टराई, जीवन अम्गाई, प्रविन पन्दाक, बद्रीप्रसाद प्याकुरेल, कृष्ण बहादुर कार्की, निरञ्जन फुयाँल, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरेले आवेदन दिएका हुुन् ।
यसअघि अर्थमन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि यही कात्तिक ११ दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले सार्वजनिकरुपमा सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको थियो । नेप्सेको प्रमुुख कार्यकारी अधिकृतमा यसअघि चन्द्रसिंह साउद रहेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँगै साउद पनि सर्वोत्तम सिमेन्टको सेयर खरिद सम्बन्धी विवादमा तानिएपछि साउदले पदबाट राजीनामा दिएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया