श्रीलंकाद्वारा डलर संकट गहिरिँदा देशकै एकमात्र रिफाइनरी बन्द
कोलम्बो । दक्षिण एसियाली राष्ट्र श्रीलंकाले देशकै एकमात्र तेल प्रशोधन गृह सोमबारदेखि बन्द गरेको छ । कच्चा तेल ल्याउने अमेरिकी डलरको अभाव भएपछि श्रीलंकाले रिफाइनरी बन्द गरेको एएफपीले जनाएको छ ।
पछिल्लो समय आर्थिक संकट गहिरिएसँगै खाद्यवस्तुको अभावलगायतका समस्या देखिनथालेको छ । अक्टोबरको अन्त्यसम्म श्रीलंकाको विदेशी मुद्रा सञ्चिति घटेर दुई अर्ब ३० करोड अमेरिकी डलर घटिसकेको थियो । दुई वर्षअघि साढे सात अर्ब अमेरिकी डलर रहेको सञ्चिति घटेर यो अवस्थामा आइपुगेको हो, जतिखेर अहिलेको सरकार सत्तामा आएको थियो ।
अन्तर्राष्ट्रिय रेटिङ संस्थाहरुले अर्थतन्त्र ३.६ प्रतिशतले खुम्चिन थालेसँगै श्रीलंकाको ऋण तिर्नसक्ने क्षमता घटेको बताइसकेका छन् । यसबाहेक पर्यटनतर्फको आय र विदेश गएकाले पठाउने रेमिट्यान्स समेत घटेको छ ।
श्रीलंकाली ऊर्जामन्त्री उदय गामनपिलाले पहिलोपटक सपुगास्कान्द रिफाइनरी बन्द भएको बताए । सन् १९६९ मा इरानले यसलाई बनाइदिएको थियो । यसको साटो श्रीलंकाले प्रशोधित पेट्रोल र डिजेल आयात गर्ने तयारी गरेको छ । यसबाट धेरै पैसा बचत गर्न सकिने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया