सिड्नी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताएका छन् । एएफपीका अनुसार साइबर सुरक्षा सम्बन्धी अनलाइन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै कडा कानुन ल्याउन लागेको बताएका हुन् ।
भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुनथालेको छ । भारतका राज्यहरु एवं केन्द्रीय बैंकको रेखदेख र नियन्त्रणभन्दा बाहिर गएर बिट्क्वाइनको कारोबार भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने खाँचो देखिएको मोदीको भनाइ छ ।
अस्ट्रेलियाली रणनीतिक नीति इन्स्टिच्युटले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै सबै लोकतान्त्रिक मुलुकहरुले सहकार्य गरी क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले खराब व्यक्तिको हातमा क्रिप्टोकरेन्सी पर्न नदिन र युवाको जीवन बर्बाद बनाउनबाट रोक्न पनि सरकारहरुले तत्कालै काम गर्नुपर्ने बताए ।
लागूपदार्थको तस्करी, मानव तस्करी र सम्पत्तिको गैरकानुनी ओसारपसार गर्न क्रिप्टोकरेन्सीको प्रयोग हुने खतरा बढेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ ।
विश्वका धेरै मुलुकमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाइएको छ ।
भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेश लगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो संख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।
ब्रोकरचुजरले गरेको अध्ययनले भारतमा १० करोडभन्दा बढी व्यक्ति भर्चुअल मुद्राको कारोबारमा संलग्न रहेको देखाएको छन् । संयुक्तराज्य अमेरिका, रसिया र नाइजेरिया पछि भारतीयहरु यसमा बढी आबद्ध भएका छन् ।
क्रिप्टोको कारोबारमाथि फेरि प्रतिबन्ध लगाउन अहिले भारत सरकारमाथि चर्को दबाब बढेको छ । त्यही कारण भारत सरकारले यसै वर्षको अन्त्यतिर नयाँ कडा कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ ।
भारतको केन्द्रीय बैंकका प्रमुख शक्तिकान्त दास पनि क्रिप्टोको कारोबारलाई कडा नियमन गर्नुपर्नेमा सहमत छन् । गत साता उनले नियमन नगर्ने हो भने क्रिप्टो मुद्राले देशको वित्तीय प्रणालीमाथि खतरा निम्त्याउने चेतावनी दिएका थिए । बैंकले आफ्नै आधिकारिक डिजिटल मुद्रा प्रचलनमा ल्याउने योजना बनाइरहेको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया