बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लिम्बु पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अन्दीराम इजम लिम्बुलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार बुढानीलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ नगरपालिका–११ स्थायी वतन भएका ४६ लिम्बुलाई शुक्रबार पक्राउ गरिएको हो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले पाँच दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर नयाँठिमीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक महतोले बताए ।
लिम्बुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसुरमा अदालतले उक्त फैसला गरेको थियो । पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया