१७ अर्ब डलर लागतको चिप प्लान्ट बनाउन सामसङले रोज्यो टेक्सस
अमेरिका । प्रविधि कम्पनी सामसङले अर्बौँ डलरको चिप प्लान्ट बनाउन अमेरिकी राज्य टेक्सस रोजेको छ । कम्पनीले टेक्ससस्थित टेलर सहरमा आफ्नो नयाँ १७ अर्ब डलर लागतको कम्प्युटर चिप प्लान्ट बनाउने भएको बीबीसीले जनाएको छ ।
अहिले विश्वमा सेमिकन्डक्टर चिपको चरम अभाव चलिरहेको छ । यसलाई दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनीको अमेरिकामा अहिलेसम्मकै ठूलो लगानी मानिएको छ । यो प्लान्टले दुई हजार रोजगारी सुनिश्चित गर्नेछ । अर्को वर्षदेखि प्लान्ट निर्माण सुरु हुने बताइएको छ । चिपको आपूर्तिमा समस्या आइरहँदा अरु प्रतिस्पर्धी कम्पनीसँगै सामसङले पनि अमेरिकामा चिप उत्पादनलाई विस्तार गरिरहेको छ ।
‘ठूलो उत्पादन क्षमतासँगै हामी ग्राहकको माग पूरा गर्न र विश्व सेमिकन्डक्टर आपूर्ति शृंखलामा योगदान गर्न सक्षम हुनेछौँ’, कम्पनीको इलेक्ट्रोनिक डिभाइस सलुसनका प्रमुख कार्यकारी किनाम किमले भने । यो प्लान्ट सन् २०२४ को आधाआधीतिर सञ्चालनमा आउने आश गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिप उत्पादकहरुलाई उत्पादनको रफ्तार बढाउन आग्रह गरिरहेका बेला सामसङको योजना कार्यान्वयन हुनलागेको हो । ह्वाइटहाउसका अधिकारीहरुले नयाँ प्लान्टले आपूर्ति शृंखलालाई जोगाउन सघाउ पुग्ने, उत्पादन आधारलाई बलियो बनाउने र रोजगारी सिर्जनामा मद्दत दिने बताएका छन् ।
‘हाम्रो राष्ट्रिय र आर्थिक सुरक्षाका लागि सेमिकन्डक्टर चिपको घरेलु उत्पादन बढाउनु निकै महत्वपूर्ण छ’, अमेरिकी वाणिज्य मन्त्री जिना राइमोन्दोले भनिन् । टेक्ससका रिपब्लिकन गभर्नर ग्रेग एबटले ट्विट गर्दै सामसङलाई टेक्ससले स्वागत गर्ने बताए । उनले सामसङको योजनाबारे पनि उल्लेख गरेका छन् । जसअनुसार सामसङले टेक्ससको टेलरमा प्लान्ट बनाउनेछ । यसमा १७ अर्ब अमेरिकी डलर पुँजी लगानी रहँदा हजारौँले रोजगारी पाउने उनले उल्लेख गरेका छन् । एबटका अनुसार टेक्ससमा यो नै अहिलेसम्मकै ठूलो प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
एक फरक वक्तव्यमा टेक्ससको गभर्नरको कार्यालयले सामसङलाई दुई करोड ७० लाख अमेरिकी डलर राज्यमा रोजगारी सिर्जनाका लागि अनुदानस्वरुप उपलब्ध गराउने बताएको छ । उक्त प्लान्टमा बन्ने चिप प्रविधिको दायराअनुसार मोबाइल, फाइभजी, उच्च प्रस्तुति दिने कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्सअनुसारको हुनेछ । सामसङ विश्वका ठूला चिप उत्पादकमध्ये एक हो । अमेरिकामा यसका २० हजार कर्मचारी छन् । सामसङले पछिल्लो घोषणासँगै कम्पनीको कुल लगानी अमेरिकामा ४७ अर्ब डलर पुग्ने जनाएको छ ।
विश्वभर चिप अभाव गहिरिँदा उत्पादकहरुलाई समस्या परिरहेको छ भने कार उत्पादक कम्पनीहरुले कति उत्पादन गृह बन्द नै गर्नुपरेको छ । सँगसँगै ताइवानी चिप उत्पादक टीएसएमसीले पनि अमेरिकाको एरिजोना राज्यमा एक खर्ब डलर लगानी गर्ने घोषणा एक वर्षअघि नै गरेको थियो । त्यस्तै अर्को कम्पनी ग्लोबलफाउन्डरले पनि न्युयोर्कमा आफ्नो लगानी वृद्धि गर्ने बताएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया