दक्षिण अफ्रिकामा भेटियो नयाँ कोभिड–१९ स्ट्रेन ‘ओमिक्रोन’
अमेरिका । विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड–१९ संस्करण ‘बी.१.१.५२९ लाई ओमिक्रोन’ नाम दिएको छ ।
कोरोनाभाइरस बी.१.१.५२९ को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो । यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन् । विश्व स्वास्थ्य संगठनले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिँदै उक्त टिप्पणी गरेको छ।
हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड–१९ संस्करणविरूद्ध कम प्रभावकारी हुनसक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट ‘डेल्टा’ स्ट्रेनभन्दा पनि बढी संक्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ ।
यो भेरियन्टलाई वैज्ञानिकहरूले बी.१.१.५२९ को रूपमा चित्रण गरेका छन् । डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएका छन् जसबारे थप अध्ययन गरिनेछ ।
विश्व व्यापार संगठनद्वारा सम्मेलन रद्द : यसैबीच, विश्व व्यापार संगठनले कोरोनाको अर्को लहर आउनसक्ने भन्दै मन्त्रीस्तरीय सम्मेलन रद्द गरेको छ । द जनरल काउन्सिल अफ द वल्र्ड ट्रेड अर्गनाइजेसनले शुक्रबार संगठनले आयोजना गर्नलागेको मन्त्रीस्तरीय सम्मेलन रद्द गर्ने घोषणा गरेको हो । अहिले भेटिएको भेरिएन्ट छिटो फैलिनसक्ने र खोपले पनि काम गर्न नसक्ने बताइएपछि डब्लुटीओले वक्तव्य जारी गरी उक्त निर्णय लिएको बताइएको छ । १२औँ मन्त्रीस्तरीय सम्मेलन (एमसी१२) नोभेम्बर ३० देखि जेनेभामा सुरु हुनेवाला थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया