आईएमई–पेमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यास ब्याक हुने
काठमाडौं । आर्ईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आईएमई–पे’को सेवाग्राही केन्द्रित योजना सार्वजनिक भएको छ । उक्त योजनाअन्तर्गत आईएमई–पे सेवाग्राहीहरूको लागि नेपालभरिका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत अर्थात् तीन सय रुपैयाँ क्यास ब्याकको अफर रहेको छ ।
उक्त योजना सार्वजनिक गरिएको अवसरमा आईएमई–पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यास ब्याकमार्फत भरपुर फाइदा उठाउन सक्ने खुुसी व्यक्त गरेका छन् । यो अफरमा आईएमई–पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरू भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रतिप्रयोग एक क्यास ब्याक हुनेछ । प्रयोगकर्ताले तीन सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।
‘आईएमई–पे’को बारेमा : ‘आईएमई पे ’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेन्ट आउटलेट सञ्जाल भएको ‘आईएमइ– पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आईएमई डिजिटल–पे आईएमई–पे’ ब्राण्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मदतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
आईएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ ।
विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आईएमई–पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो । १५ लाखभन्दा बढी ग्राहकहरूले सिधै ‘आईएमई–पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौँ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया