कफी कम्पनी स्टारबक्सद्वारा चीनमा दुई हजार शाखा बन्द
चीन, माघ १९
कफीमा विख्याति कमाएको अमेरिकी कम्पनी स्टारबक्सले चीनमा केही सातायता फैलिएको कोरोनाभाइरसका कारण आफ्ना दुई हजार शाखा बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले चीनमा रहेकामध्ये झण्डै आधा शाखा बन्द गरेको बीबीसीले जनाएको छ । कोरोना भाइरसका कारण आफ्नो वित्तीय क्षेत्रमा समेत असर गर्ने कम्पनीको भनाइ छ । भाइरस नियन्त्रणमा लिन चीनले गरिरहेको प्रयासलाई सघाउन र आफ्ना कर्मचारीलाई भाइरसबाट जोगाउन उक्त निर्णय गरेको कम्पनीको भनाइ छ । चीनमा कम्पनीका ४ हजार ३ सय आउटलेट रहेका छन् । जुन अमेरिकापछि धेरै हो ।
हालसम्म कोरोना भाइरसका कारण १ सय ३० जनाको मृत्यु भइसकेको छ भने ६ हजारमा संक्रमण फैलिएको छ । कम्पनीका प्रमुख कार्यकारी केभिन जोन्सनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको जानकारी दिए । कम्पनीले सन् १९९९ को जनवरीमा चिनियाँ राजधानीमा पहिलो चिनियाँ स्टोर खोलेको थियो । कम्पनीले चीनबाट कुल आम्दानीको १० प्रतिशत संकलन गर्दै आएको छ । त्यस्तै एप्पलका प्रमुख टिम कुकले पनि भाइरस संक्रमण फैलिएको अवस्थाको सूक्ष्म ध्यान दिइरहेको बताएका छन् ।
एप्पलले चीनमा यात्रा घटाएको छ भने काम गर्ने समय पनि कम गरेको छ । यसअघि नै फेसबुकले आफ्ना कर्मचारीलाई चीन नजान भनिसकेको छ । यता सवारीनिर्माता टोयोटाले पनि बुधबार नै फेब्रुअरी ९ सम्म चिनियाँ प्लान्टबाट उत्पादन बन्द गरेको छ । कम्पनीको टियान्जिन सहरमा र गुआंगडोंग प्रान्तमा सवारीसाधन निर्माण गर्ने प्लान्ट रहेको छ । भाइरसको उद्गमस्थल वुहानबाट हालसम्म सयौँ विदेशीको उद्धार गरिसकिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया