काठमाडौँ । चीनको शेङचनमा २०२१, डिसेम्बर १४–१५ का दिन ओप्पोले आफ्नो वार्षिक ओप्पो इन्नो डेको आयोजना गर्ने घोषणा गरेको छ ।
रणनीतिक अद्यावधिक सेयर गर्ने तथा प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने ओप्पोको विशेष वार्षिक प्राविधिक समारोहका रुपमा ओप्पो इन्नो डे २०२१ले शेङचनमा आयोजित समारोहका साथै आफ्नो अनलाइन इन्नो वर्ल्डमार्फत विश्वभरबाट सहभागिताको अपेक्षा गरिएको छ । यो भर्चुअल लञ्च इभेन्ट हालका वर्षहरुमै सर्वाधिक अनतर्क्रियात्मक समारोह हुने आशा गरिएको छ ।
सन् २०१९मा पहिलो पटक ओप्पो इन्नो डेको सुरुवातसँगै कार्यक्रमलाई कम्पनीको रोडम्यापबारे पूर्वजानकारीका रुपमा लिन थालिएको छ । ओप्पो इन्नो डेको उद्घाटनमार्फत ओप्पोले एआर ग्लासेज, फाइभजी सीपीई र स्मार्टवाचलगायत आफ्ना अभूतपूर्व प्राविधिक एकीकृत इकोसिष्टमक प्रदर्शित गरेको थियो ।
पछिल्लो वर्ष ओप्पोले क्रान्तिकारी रोलेबल फोन लगायत आफ्ना तीन वैचारिक उत्पादनहरु प्रदर्शित गरेको थियो । सन् २०२१का लागि ओप्पोले आफ्ना लञ्च इभेन्ट तथा प्रदर्शनीहरु डिजिटाइज्ड गर्दै परम्परागत कार्यक्रमहरुलाई मनोरञ्जनात्मक तथा भर्चुअल इभेन्टको अनतर्क्रियात्मक विश्वमा परिमार्जित गरेको छ ।
ओप्पो इन्नो वल्र्ड, ओप्पो इन्नो डेका लागि तयार पारिएको भर्चुअल मञ्च हो । ओप्पो इन्नो वल्र्डका आगन्तुकले आफ्ना अनुकूलित अवतारका साथमा समारोहमा भर्चुअल्ली सहभागिता जनाउन सक्नेछन् । तिनले भर्चुअल प्रदर्शनीका समस्त कक्ष स्वतन्त्ररुपमा अवलोकन गर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको जानकारी दिइएको छ ।
अनुकूलित अवतारको प्रयोग गर्दै अवलोकनकर्ताले सामाजिकीकरण हुँदै एक अर्कालाई भर्चुअल संसारका विभिन्न स्थानमा छरेर राखिएका इस्टर एगको खोजी पनि गर्न सक्नेछन् । ओप्पो इन्नो वर्ल्ड डिसेम्बर १४ देखि पूर्णतः पहुँचयोग्य हुने ओप्पोले जानकारी दिएको छ ।
इच्छुक आगन्तुकले अहिले नै ओप्पो इन्नो वर्ल्डका लागि आफ्ना अवतार सिर्जना गरी डिसेम्बर १४ र १५ का दिन ओप्पोका अत्याधुनिक प्राविधिक सफलताहरु अवलोकन गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया