सोलुखुम्बुको ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर सञ्चालन
सोलुखुम्बु । सोलुखुम्बुको ४४ प्रतिशत वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । आठ स्थानीय तह र ५२ वटा वडा रहेको जिल्लामा ४४.२३ प्रतिशत अर्थात् २३ वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।
स्थानीय सरकार आएसँगै मातृ मृत्युदर रोक्न बर्थिङ सेन्टर सञ्चालनलाई प्राथमिकता दिएको सम्बन्धित पालिकाले जनाएका छन् । हाल जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले वडा नम्बर १, २, ७, ८, ९ र १० मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा संयोजक चमर मगरले दिए । यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले वडा नम्बर १, ३, ४, ८ र ९ मा र सोताङ गाउँपालिकाले सोताङ अस्पतालमा शल्यक्रियासहितको बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । त्यसैगरी वडा नम्बर १ र २ मा बर्थिङ सेन्टर सञ्चालन ल्याएको माप्य दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि वडा नम्बर ६ मा पनि सञ्चालनमा ल्याउने स्वास्थ्य शाखा संयोजक जितेन्द्र यादवले जानकारी दिए ।
महाकुलुङ गाउँपालिकाको वडा नम्बर १, ३, ५ मा र नेचासल्यान गाउँपालिकाले वडा नम्बर २ र ३ मा बर्थिङ सेन्टर सञ्चालन गरेको छ । यता खुम्बु पासाङल्हमु गाउँपालिकाको वडा नम्बर २ र ४ मा सञ्चालन गरेको छ भने लिखुपिके गाउँपालिकाले वडा नम्बर ३ र ५ मा सञ्चालन गरेको स्वास्थ्य शाखाले जनाएको छ । आमा र शिशुको अकालमै हुने मृत्युवरण रोक्न जिल्लाका ५२ वटै वडामा बर्थिङ सेन्टर पु-याउने लक्ष्य भए पनि कतिपय वडामा भौतिक संरचना तथा दक्ष जनशक्ति अभावलगायतका कारणले सञ्चालन गर्न नसकिएकोे सम्बन्धित पालिकाले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
- चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
- पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने
- आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया