एनसीसी बैंकको २२औं वार्षिक साधारणसभा
काठमाडौं, माघ १९
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित १५ प्रतिशत बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी नौ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको छ ।
साथै महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण सेयरधनी समूहबाट, दोस्रो पटक संस्थापक सेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यका लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/६५ मा ७३ अर्ब ३८ करोड निक्षेप परिचालन गरी ६३ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ साथै उक्त वर्षमा कर तथा बोनस पछि एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया