विना कसुर ४० वर्ष भारतीय जेल बसेका नेपालीलाई ५ लाख भारु क्षतिपूर्ति दिन अदालतको आदेश
पश्चिम बंगाल (भारत) । भारतको कलकत्ता उच्च अदालतले मंगलबार ४० वर्ष विना अपराध जेलजीवन बिताएका नेपालीलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ । गत मार्चमा ४१ वर्ष लामो समय जेल जीवन बिताएका दिपक जोशीलाई उक्त क्षतिपूर्ति दिन आदेश दिएको हो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तवव र न्यायाधीश राजर्षि भारद्वाजको इजलासले यस्तो आदेश गरेको भारतीय अनलाइन लाइभल डट इनले जनाएको छ ।
जोशी सन् १९८० मे १२ मा पक्राउ परी गत मार्चमा रिहा भएका थिए । उनले ४० वर्ष लामो जेलजीवन बिताउनुपरेको थियो । उनलाई जेलमा राख्नुको कारण नै नखुलेपछि रिहा गरिएको थियो । उनको मानसिक स्वास्थ्य अवस्था ठीक नभएको र अदालतमा आफूविरुद्धको अभियोगसँग लड्न सक्ने नसक्नेमा ध्यानाकर्षण भएको थियो । गत मार्चमा अदालतको आदेशसँगै जोशी डम डम सेन्ट्रल करेक्सनल होमबाट मुक्त भएका थिए । अहिले उनी आफन्तको सम्पर्कमा पुगिसकेका छन् ।
गत मार्च २२ मा कलकत्ता उच्च अदालतले राज्य सरकारलाई उनलाई दिनुपर्ने क्षतिपूर्ति दिएको जानकारी गराउन भनेको थियो । डिसेम्बर ७ मा काउन्सिल फर द हाइकोर्टले वेस्ट बंगाल करेक्सनल सर्भिसेज प्राइजनर्स (अनन्याचुरल डेथ कम्पेन्सेसन) स्किम २०१९ अनुसार निर्दोषले पाउनुपर्ने अधिकतम क्षतिपूर्ति दिन भनेको थियो । यसअनुसार अधिकतम क्षतिपूर्ति ५ लाख भारु हुने जनाइएको छ ।
यो मुद्दामा राज्य सरकारले थप मुद्दा नलड्ने र उक्त रकम जोशीलाई दिने निर्णय लिएको थियो । जोशी अहिले नेपाल आइसकेका छन् । अदालतले क्षतिपूर्ति रकम दिपक जोशीकै खातामा छ हप्ताभित्र जम्मा गर्न आदेश दिएको उक्त अनलाइनले समाचारमा जनाएको छ । यो क्षतिपूर्ति रकमले जोशीको अन्य अधिकारमा कुनै असर नगर्ने पनि किटान गरेको छ । यससम्बन्धी थप सुनुवाइ सन् २०२२ फेब्रुअरी १७ का लागि तोकिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया