नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमिक मुद्दती निक्षेप योजना
काठमाडौं, माघ २१
नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमिक मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले समाजमा बचतको बानी सहज तुल्याउने उद्देश्यसहित नौ दशमलव २५ प्रतिशत ब्याजदरसहितको क्रमिक मुद्दती निक्षेप (रिकरिङ फिक्स्ड डिपोजिट) सञ्चालनमा ल्याएको हो ।बैंकका अनुसार यसमा ग्राहकहरूले न्युनमत ३३ महिने अवधिका लागि न्यूनतम तीन सय ३३ रूपैयाँ क्रमिक निक्षेप जम्मा गरेर उच्च ब्याजदर पाउनेछन् । बैंकको ३३औं वार्षिकोत्वसका अवसरमा ल्याइएको यो निक्षेप योजना बढ्दो वित्तीय सचेतनासँगै बजारमा स्थापित हुँदै गइरहेको छ ।
यसबाहेक अंग्रेजी नयाँ वर्षका अवसरमा बैंकले हरित पहल अभियानअन्तर्गत ग्रिन डबल फिक्स्ड डिपोजिट (जीडीएफडी) ल्याएको थियो । यस योजनाबाट संकलन गरिएका निक्षेपहरू दिगो, वातावरणमैत्री हरित परियोजनाहरूमा लगानी गरिनुका कारण योजनाले निक्षेपकर्ताहरूबीच लोकप्रियता कमाइरहेको छ । थप, सो योजनाअन्तर्गत दिगो भविष्य सुनिश्चित हुनुका साथसाथै व्यक्तिको निक्षेप पनि सात दशमलव पाँच वर्षमा दोब्बर हुन्छ । यो योजनाअन्तर्गत संकलन गरिएको निक्षेप इको–लोनमार्फत हरित परियोजनाहरूमा लगानी गरिन्छ, जसमा एक वर्षका लागि निश्चित वार्षिक १० दशमलव ५० ब्याजदर कायम गरिएको छ ।
यसका साथै बैंकले देशका उद्यमीहरूलाई उत्थान गर्ने उद्देश्यमा केन्द्रित रहँदै एक वर्षका लागि निश्चित नौ दशमलव ९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा पनि ल्याएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै मुलुकमा उद्यमशीलता बढाएर देशको आर्थिक मापदण्डमा सकारात्मक परिवर्तन ल्याउन प्रत्यक्ष योगदान पु-याउने एसएमई कर्जाको उद्देश्य हो । यसका साथै देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रवद्र्धन र आधुनिकीकरण गर्नमा केन्द्रित हुँदै एक वर्षका लागि निश्चित वार्षिक १० दशमलव ५० प्रतिशतको ब्याजदरमा उत्पादनशील कृषि क्षेत्रमा प्रदान गर्नेगरी कर्जा योजना पनि बैंकले अघिसारेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया