बेलायतले सीमामा युरोपेली वस्तुको पूर्ण भन्सार जाँच गर्ने
लन्डन, माघ २१
केही दिनअघि मात्र युरोपेली संघबाट औपचारिक रुपमै अलग्गिएको बेलायतले युरोपेली वस्तुको पूर्ण परीक्षण गरेर मात्र आफ्नो देशमा भित्रिन दिने योजना बनाएको छ । रोयटर्सका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले उक्त योजना बनाएका हुन् । समाचारमा जनाइएअनुसार बेलायतले सबै वस्तुको निर्यात तथा आयात भन्सार घोषणा, सुरक्षा घोषणा, जनावरको स्वास्थ्य परीक्षण र सबै सुपरमार्केटसम्बन्धी वस्तु परीक्षणको योजना बनाइएको छ । त्यसपछि मात्रै ती वस्तु आयातनिर्यात हुन दिइनेछ । यसअघि केही वस्तुको मात्रै परीक्षणको तयारी गरिएको थियो । गत शुक्रबार मात्रै बेलायत ईयूबाट बाहिरिएको थियो ।
अबको ११ महिनामा बेलायतले क्यानडा र ईयूसँग स्वतन्त्र व्यापार सम्झौता गरिसक्नुपर्नेछ । सम्झौता नभएको अवस्थामा बेलायतले वस्तु आयातमा कडाइ गर्ने योजना बनाएको बुझिएको छ । ईयूसँग कुनै सम्झौता नभए बेलायती वस्तु ईयू सदस्यराष्ट्रमा निर्यात हुँदा अर्को वर्षदेखि करको सामना गर्नुपर्नेछ । सम्झौता नै भए पनि दुवैले एक अर्काको वस्तुको कडा परीक्षण गर्न सक्नेछन् । यसले बेलायती व्यवसायलाई असर गर्ने बताइएको छ । बेलायतले ईयूको भन्सार युनियन र बजार छाड्ने भएकाले पनि आफ्नो लागि व्यवस्था परिवर्तन गर्नैपर्ने भएको उल्लेख गरेको छ । तर बेलायतको चेम्बर्स अफ कमर्सले भने आइरहेका वस्तु निर्बाध आइरहनुपर्ने माग गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया