विश्व रोजगारीमा २०२३ सम्म सुधार हुँदैन : आईएलओ
अमेरिका । संयुक्त राष्ट्रसंघीय संस्था अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले सन् २०२३ सम्म विश्व रोजगारीको अवस्था महामारीअघिको हाराहारीमा नफर्किने बताएको छ । रिपोर्टअनुसार यो वर्ष प्रक्षेपित काम गरिएको घण्टा ५ करोड २० लाख पूर्णकालीन रोजगारीसँग बराबर रहने उल्लेख गरिएको छ । सन् २०२१ को तुलनामा विश्वभर काम गरिएको घण्टा कोरोना आउनुअघि भन्दा दुई प्रतिशतले कम रहेको आईएलओको रिपोर्टले उल्लेख गरेको छ ।
विश्व बेरोजगारी पनि महामारीअघिको तहभन्दा माथि नै रहने उल्लेख छ । सन् २०२२ मा पनि २० करोड ७० लाख मानिस कामविहीन रहने देखिएको छ । यस्तो संख्या सन् २०१९ मा १८ करोड ६० लाख थियो । विश्व बेरोजगारी दर ५.९ प्रतिशतसम्म पुग्ने देखिएको छ । गत वर्ष यो दर ६.२ प्रतिशत थियो भने सन् २०२० मा ६.६ प्रतिशत थियो । तर सन् २०१९ मा यो दर ५.४ प्रतिशत रहेको थियो ।
राष्ट्रसंघीय संस्थाले आफ्नो प्रक्षेपण डेल्टा र ओमिक्रोनजस्ता कोरोनाको भेरिएन्टसँगै घटाउनुपरेको उल्लेख गरेको छ । मे महिनामा आईएलओले २० करोड ५० लाख मानिस कामविहीन हुने र काम गर्ने घण्टा पनि घटेर दुई करोड ६० लाख पूर्णकालीन रोजगारीसरह नहुने बताएको थियो ।
आईएलओाका महानिर्देशक गाई राइडरले विश्व श्रम बजारले पुनरुत्थानमा सुस्त र अनिश्चित बाटो सामना गर्नुपरेको बताए । ‘हामीले यसअघि नै श्रमबजारमा ठूलो सम्भावित क्षति देखिरहेका छौँ, सँगसँगै गरिबी र असमानतामा पनि चिन्ताग्रस्त अवस्था छ’, राइडरले रिपोर्टमा उल्लेख गरिएको प्रेस वक्तव्यमा भनेका छन् ।
उनले ठूलो क्षेत्रको श्रमबजारमा पुनरुत्थान नआएसम्म महामारीबाट वास्तविक पुनरुत्थान नहुने बताएका छन् । उनले दिगोपनाका लागि पुनरुत्थान पनि स्वास्थ्य र सुरक्षा, समानता, सामाजिक रक्षा र सामाजिक संवादको सिद्धान्तअनुसार हुनुपर्नेमा जोड दिएका छन् । उत्तर अमेरिका, युरोपले पुनरुत्थानको राम्रो संकेत दिए पनि दक्षिण पूर्वी एसिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा राम्रो नभएको रिपोर्टले औँल्याएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया