अटो एक्स्पोमा भाग लिन नाडा प्रतिनिधि मण्डल दिल्ली प्रस्थान
काठमाडौं, माघ २३
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डल अटो एक्स्पो–द मोटर शोमा भाग लिन दिल्ली प्रस्थान गरेको छ । सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेन्ट मेनुफेक्चरर्स एसोसिएसनको निमन्त्रणामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित १५० सदसिय नाडाको प्रतिनिधिमण्डल बुधबार दिल्ली प्रस्थान गरेको नाडाले जानकारी दिएको छ । नाडाका अनुसार फेबु्रअरी ६ देखि ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फे्रवु्रवरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा अटो एक्स्पो–द मोटर शो २०२० शुभारम्भ हुदैछ ।
फेबु्रअरी ६ मा गे्रटर नोएडामा भारतका सडक यातायात, हाइवे र माइक्रो, स्मल एण्ड मिडियम इण्टरप्राइजेज मन्त्री नितीन गडकरीले सो प्रदर्शनीको उद्घाटन गर्नेछन् । सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चरर्सको पहलमा फेबु्रअरी ७ मा दक्षिण एसियाली अटोमोबाइल एसोसिएसनहरुको साउथ एसियन अटोमोटिभ फोरम गठनका लागि सम्झौतामा हस्ताक्षर हुनेछ । उक्त फोरममा भारतलगायत नेपाल बङ्गलादेश, श्रीलंका र म्यान्मार समेतको सहभागिता रहनेछ । फोरमको गठन, दक्षिण एसियाको अटोमोबाइल क्षेत्रको इतिहासमा कोशेढुङ्गा हुने नाडाले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया