अमेरिका । फेसबुकको कर्पोरेट कम्पनी मेटाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुपरकम्प्युटर बनाउने भएको छ । सीएनएनका अनुसार कम्पनीले सोमबार यसबारे जानकारी दिएको हो ।
कम्पनीको नयाँ एआई रिसर्च सुपरक्लस्टर (सुपरकम्प्युटर) एआईमा आधारित खोजी परियोजनामा प्रयोग हुनेछ । पछिल्लो दुई वर्षयता यसका लागि काम गर्दै आएको छ । यसले मेटालाई अत्यन्त शक्तिशाली सफ्टवेयर विकासमा ठूलो मद्दत मिल्नेछ ।
यसबाट कम्पनीले चाँडै एआई मोडललाई यसले प्रयोग गर्ने मल्टिमोडल सिग्नलहरुमा तालिम दिन सक्ने आशा गरेको छ । उदाहरणका लागि कम्पनीले भाषा, तस्बिर र ध्वनिलगायतका पोस्ट र त्यसको परिवेश बुझ्न सहज ढंगले सक्नेछ ।
सुपरकम्प्युटरमा एकअर्कामा जोडिएका प्रोसेसर हुनेछन् । यसलाई नड्स भनिन्छ । पछिल्लो समय सुपरकम्प्युटर धेरै लोकप्रिय र शक्तिशाली बन्दै आएको छ । खासगरी एआई रिसर्चमा यसको लोकप्रियता बढ्दो क्रममा छ । अमेरिकी डिपार्टमेन्ट अफ इनर्जीको समिट नामक सुपरकम्प्युटरलाई अमेरिकामा सबैभन्दा द्रुतगतिको मानिन्छ ।
विश्वमा भने यो दोस्रो वरीयतामा आउँछ । मेटाले एक ब्लगपोस्टमा मेटाले आफ्नो सुपरकम्प्युटरले छ हजार ८० जीपीयूहरु सात सय ६० नड्समा बाँडिएका छन् । सम्भवतः यो विश्वकै शक्तिशाली हुने कम्पनीको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया