आर्थिक संकटग्रस्त श्रीलंकालाई भारतले ५० करोड ऋण सुविधा दिने
नयाँ दिल्ली । पछिल्लो समय गहिरो आर्थिक संकटमा फसेको श्रीलंकालाई भारतले इन्धन खरिदको लागि ५० करोड अमेरिकी डलरको ऋण सुविधा दिने घोषणा गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार श्रीलंकाकको राजधानी कोलम्बोमा रहेको भारतीय उच्च आयोगले एक प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो । यसअनुसार छिमेकी देशको पेट्रोलियम उत्पादन खरिदका लागि ५० करोड डलरको ऋण सुविधा दिनेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । यसमा भारतको एक्जिम बैंक र श्रीलंकाली सरकारको तर्फबाट हस्ताक्षर भएको छ । श्रीलंकाका वित्तमन्त्री बासिल राजापाक्षे र भारतीय उच्चायुक्त गोपाल बागले पनि उपस्थित रहेका थिए ।
भारतको विदेशमन्त्री एस जयशंकरले गत १५ जनवरीमा राजापाक्षेसँग भएको भर्चुअल बैठकमा श्रीलंकालाई ऋण सहयोग दिने सहमति गरेका थिए । श्रीलंकालाई अहिले विदेशी मुद्राको अत्यन्त आवश्यक छ । यही आवश्यकतालाई मध्यनजर गर्दै भारतले उक्त सुविधा दिनलागेको हो । कोलम्बोस्थित उच्च आयोगले एक ट्विटमा चाहिएको बेला काम लाग्ने नै सच्चा मित्रता भएको जनाएको छ ।
भर्खरैमात्र भारतले श्रीलंकालाई ९० करोड डलरको विदेशी सहयोग दिएको थियो । ऋण सुविधाको लागि पनि सन् २०२१ मै छलफल चलिरहेको थियो । यसबाट श्रीलंकालाई घट्दो विदेशी मुद्रा सञ्चितिको दबाब केही हदसम्म भरथेग हुनसक्नेछ । यसबाट उसले इन्धन खरिद गर्न सक्नेछ । गत वर्ष डिसेम्बरसम्म श्रीलंकााको विदेशी मुद्रा सञ्चिति तीन अर्ब १० करोड अमेरिकी डलरमा खुम्चिएको थियो । श्रीलंकाले दुई दिनअघि मात्रै भारतीय आयल निगमसँग ४० हजार टन पेट्रोल र सोही परिमाणमा डिजेल खरिद गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया