Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसुपरमार्केट क्यामराले अब मदिरा किन्नेको उमेर पत्ता लगाउने !

सुपरमार्केट क्यामराले अब मदिरा किन्नेको उमेर पत्ता लगाउने !


अमेरिका । मुख्य मुख्य सुपरमार्केट चेनहरुले स्वचालित उमेर पत्ता लगाउने प्रविधि प्रणालीको परीक्षण सुरु गरेका छन् । खासगरी मदिरा खरिद गर्नेहरुको उमेरबारे क्यामेराले अनुमान लगाउनेछ ।

बीबीसीका अनुसार यी क्यामेराले ग्राहकको उमेर अनुमान गर्नेछन् । आस्डा, कोअप र मरिसन्सलगायतले केही पसलहरुमा यस्ता क्यामेरा राख्नलागेका छन् ।
यही प्रविधि यसअघि नै अल्दीले लण्डनमा सुरु गरिसकेको छ । यद्यपि ग्राहकको अनुमतिमा मात्र क्यामेराले उनीहरुको उमेर अनुमान गर्नेछ । यसमा जोडिएका अल्गोरिदमहरुले ग्राहकको अनुहार हेरेर उमेरबारे बताउनेछ । यस्तो अवस्थामा यदि ग्राहक २५ वर्षमुनिको छन् भने उनीहरुले पसलका मालिकलाई आफ्नो परिचय पत्र देखाउनुपर्ने बताइएको छ ।

कतिपयले भने यसको विरोध पनि गरेका छन् । यसलाई अनुमार पहिचान गर्ने ‘फेसियल रिकग्निसन’ प्रविधिजस्तै भएको भन्दै असन्तुष्टि जनाएका छन् । तर यो त्यसखाले प्रविधि नभएको बताइएको छ । यसले खिचेको तस्बिर पनि ‘सेभ’ नहुने उल्लेख गरिएको छ । आस्डाका वरिष्ठ रिटेल इन्नोभेसन निर्देशक गेरी हेबर्डले यो प्रविधि परीक्षण गर्न सुपरमार्केट आतुर रहेको बताए । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया