बंगलादेशमा बन्यो सामसुङ ग्यालेक्सी नोट १० प्लस
ढाका, माघ २४
दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो स्मार्ट डिभाइस ग्यालेक्सी नोट १० प्लस बंगलादेशस्थित आफ्नो प्लान्टमा निर्माण गरेको छ । बंगलादेशी मिडियाहरुका अनुसार कम्पनीले एसेम्बलिङ उद्योगबाट उक्त मोडलको फोन उत्पादन गरेको हो । नोट १० प्लसमा कम्प्युटरजस्तै डिजाइन गरिएको छ भने गेम खेल्न, मुभी टेक क्यामरा र इन्टेलिजेन्ट पेनजस्ता फिचर छन् ।
सामसुङको स्थानीय असेम्बली पार्टनर फेयर इलेक्ट्रोनिक्सका मार्केटिङ अफिसर मोहम्मद मेस्बाह उद्दिनले बंगलादेशमा उत्पादन भएको उत्कृष्ट ह्यान्डसेट रहेको बताए । बंगलादेशको नार्सिंग्दीमा रहेको फेयर इलेक्ट्रोनिक्सको ५८ हजार वर्गफिट प्लान्टबाट नोट १० प्लस उत्पादन गरिएको हो । उक्त उत्पादनसँगै नोट १० प्लस ३१ हजार ३ सय टाका सस्तोमा पाइनेछ । अहिले उक्त फोन १ लाख १३ हजार टाकामा बिक्री भइरहेको बताइएको छ ।
सुरुमा १ हजार ५ सय युनिट फोन उत्पादन भएको बताइएको छ । ती सबै बिक्री भइसकेका छन् । बजारबाट समेत फोनको राम्रो प्रतिक्रिया आएको बताइएको छ । गत वर्षदेखि सामसुङको ह्यान्डसेट एसेम्बल गर्न सुरु गरिएको थियो । हालसम्म कम्पनीका २५ मोडलका फोन उक्त प्लान्टबाट एसेम्बल भइसकेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया