कोरोना भाइरस संक्रमण : चीनद्वारा अमेरिकी वस्तुको आयात शुल्क आधा कटौती
बेइजिङ, माघ २४
चीनले बिहीबार १७ सय १७ वटा अमेरिकी वस्तुको आयात शुल्कमा आधा कटौती गरेको छ । गत वर्ष बढाइएको कर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि चीनले घटाएको हो । अमेरिकासँग भएको पहिलो चरणको व्यापार सम्झौताकै कार्यान्वयनका रुपमा यसलाई हेरिएको छ ।
चीनको अर्थ मन्त्रालयले वक्तव्य जारी गर्दै केही वस्तुमा १० प्रतिशतबाट ५, ५ प्रतिशतबाट २.५ मा कटौती गरिएको जनाएको हो । घटाइएको कर दर फेब्रुअरी १४ बाटै लागू हुनेछ । यसले ७५ अर्ब अमेरिकी डलरबराबरका वस्तुमा प्रभाव पर्नेछ । एक अर्को छुट्टै वक्तव्यमा अर्थ मन्त्रालयले अमेरिकासँगको सहमतिअनुसार नै निर्णय लिइएको बताएको छ । यसपछिका कदमहरु दुई देशको एकअर्काप्रतिको व्यवहारबाट निर्देशित हुने पनि बताइएको छ । नयाँ नियमपछि सोयाबिनको कर ३० प्रतिशतबाट २७.५ प्रतिशतमा झर्नेछ । यद्यपि यसको निकै कम मात्रै सकारात्मक प्रभाव पर्ने व्यापारीहरुले बताएका छन् । यसअघि लगाइएको २५ प्रतिशत कर कायमै रहेकाले कम प्रभाव पर्ने बताइएको हो । त्यस्तै कच्चा तेलको आयात शुल्क २.५ प्रतिशतमा झरेको छ ।
यसअघि गत सेप्टेम्बरमा ५ प्रतिशत बनाइएको थियो । यद्यपि यो लागू भने हुन पाएन । गत डिसेम्बर १५ देखि लागू हुने भनिए पनि त्यसअघि नै पहिलो चरणको व्यापार सम्झौता भएपछि रोकिएको थियो । चीनको पछिल्लो निर्णयलाई विश्लेषकहरुले आवश्यक कदम भनेका छन् ।
पछिल्लो समय फैलिएको कोरोना भाइरसको असर अर्थतन्त्रमा निकै कम मात्र परोस् भन्ने उद्देश्यले चीनले लगानीकर्तालाई प्रोत्साहन गरी वित्तीय बजारलाई चुस्त बनाउने प्रयास जारी राखेको थियो । केही दिनअघि मात्रै वित्तीय प्रणालीमा अर्बौँ रकम राखेर चीनले पैसाको अभाव रोक्ने प्रयासस्वरुप कदम चालेको थियो । त्यस्तै चीनले पहिलो चरणको व्यापार सम्झौतामा भए अनुसार कतिपय नियम कोरोना भाइरसको कारण देखाउँदै कार्यान्वयन समय पछि धकेलिने व्यवस्था लागू हुनसक्ने संकेत समेत गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया