फ्रेस्कोले ल्याउँदै छ एकपटकको चार्जमा ६२० माइल गुड्ने विद्युतीय कार
ब्रसेल्स । विद्युतीय कार कम्पनीहरुले आगामी वर्षहरुमा लामो रेन्जका कारहरु ल्याउने तयारी गरिरहेका छन् । ल्युसिड एयर र टेस्ला रोडस्टर यस्ता कारमा पर्छन् तर यिनलाई पनि टक्कर दिने गरी नर्वेजियन कम्पनी फ्रेस्कोले पनि द फ्रेस्को एक्सएल ल्याउने देखिएको छ ।
फ्रेस्कोको यो कार एकपटकको चार्जमै ६२० माइल यात्रा गर्न सक्ने बताइएको छ । यसको अनुमानित रेन्ज टेस्ला रोडस्टरसँग मिल्दो छ भने मर्सिडिजको चर्चित भिजन ईक्युएक्सएक्सभन्दा थोरै कम छ ।
तर यसले आजसम्मका सबै ईभीको रेन्जलाई माथ दिनेछ । अहिले ४ देखि ५ सय माइल रेन्जका कार छन् । टेस्ला मोडल एस लंग रेन्ज प्लस यो श्रेणीमा पर्छ । फ्रेस्कोका अनुसार ईभीको लामो रेन्ज सुपर एरोडाइनामिक डिजाइनमा छ भने यसमा एक्सएल ब्याट्री प्याक रहनेछ ।
कम्पनीले यसलाई ईभी नभनी फ्रेस्को पड भनेको छ । सेल्फ ड्राइभिङ पडको आइडिया अमेरिकामा भन्दा युरोपमा लोकप्रिय हुनथालेको छ । किनभने यसका प्रविधि यातायात पूर्वाधारसँग सम्बन्धित छ । फ्रेस्को एक्सएलको अग्रिम बुकिङ गर्न सकिने भइसकेको छ । यसको अनुमानित मूल्य एक लाख १४ हजार ३ सय ३० अमेरिकी डलर हाराहारीमा हुनेछ । यो ठ्याक्कै कहिले सार्वजनिक हुने भन्ने मिति तोकिएको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया