स्टिलमाथिको कर हटाउन अमेरिका–जापान सहमत
टोक्यो । अमेरिका र जापान ट्रम्प प्रशासनले तत्कालीन समयमा लगाएको स्टिलमाथिको कर हटाउन सहमत भएका छन् । बीबीसीका अनुसार १२ लाख ५० हजार मेट्रिक टन प्रतिवर्षबराबरको स्टिलमाथिको कर हट्ने भएको हो ।
यसबारे दुई देशबीच भएको सम्झौतालाई जापानले स्वागत गरेको छ । सम्झौतासँगै विश्व स्टिल उद्योगमा बढेको अव्यावहारिक कार्य अन्त्य हुने जापानको आशा छ । बाइडेन प्रशासनले यसअघि नै यस्तै प्रकारको सम्झौता युरोपेली संघसँग पनि गरिसकेको छ । तर बेलायतसँग भने यस्तो सम्झौता हुनसकेको छैन ।
यो सम्झौता अप्रिल १ देखि कार्यान्वयनमा आउनेछ । यसले अमेरिकालाई आफूपक्षीय राष्ट्रहरुको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ । सँगसँगै यसले चीनको नराम्रो व्यापार अभ्यास रोक्न पनि सहयोग मिल्ने दाबी अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्दोले गरेकी छिन् ।
डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा वासिङटनले धेरै देशबाट हुने स्टिल आयातमा कर लगाएको थियो । राष्ट्रिय सुरक्षामा सस्तो धातु आयातले असर गर्ने त्यतिबेला अमेरिकाको दाबी थियो । अहिले भएको नयाँ सम्झौताअनुसार भने जापानको स्टिलमा अहिले कायम २५ प्रतिशत थप शुल्क लिन बन्द हुनेछ । त्यस्तै आल्मुनियमको साढे १२ लाखको वार्षिक सीमा भने कायमै छ । लगानीवेत्ताहरुले दुई देशबीच भएको यो सम्झौताको स्वागत गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया