लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई कम्प्युुटर सहयोग
काठमाडौं, माघ २६
लुम्बिनी विकास बैंकले प्रगति माध्यमिक विद्यालयलाई कम्प्युुटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरमा रहेको उक्त विद्यालयलाई कम्प्युटर विषयको व्यावहारिक शिक्षाका लागि सहयोगस्वरुप बिहीबार पाँच थान कम्प्युटर हस्तान्तरण गरेको हो ।
उक्त कम्प्युटर बैंकका मुख्य प्रबन्धक दिपक खनालले विद्यालयका प्रधानाध्यापक शिवकुमारी अर्याललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुुन् । त्यस अवसरमा बैंकको तर्फबाट भैरहवा शाखा प्रबन्धक शंकर पाण्डे र बुटवल शाखा प्रबन्धक चन्द्रबहादुर सरुको उपस्थिति रहेको थियो भने विद्यालयको तर्फबाट प्रमुख सल्लाहकार जितबहादुर मल्ल, व्यवस्थापन समितिका सदस्य इन्द्रबहादुर राई, पूर्वकार्यवाहक अध्यक्ष राजेश बुढाथोकी, सल्लाहकार वीरबहादुर कुँवर र शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
साथै बैंकले गत पुस २९ गते १२औं वार्षिक साधारणसभा सम्पन्न गरी २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट असार मसान्तसम्म कायम सेयर पुँजीको पाँच प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको थियो । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी दुई अर्ब ७१ करोड ६३ लाख पुगेको छ । बैंकले हाल सबै क्षेत्रमा ६६ शाखाहरु र १६ वटा एटीएमबाट आफ्ना करिब दुुई लाख ५० हजार ग्राहकहरुलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया