ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच त्रिपक्षीय सम्झौता भएको छ । सहकारीहरूका लागि सहकारी पहिचानसहितको कोपकार्ड जारी गर्ने सम्बन्धमा ती संस्थाहरूबीच सम्झौता भएको हो ।
आइतबार आयोजित एक कार्यक्रमका बीच ग्लोबल आईएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रियाका साथ ग्लोबल आर्ईएमई बैंकको प्रायोजनमा कोपकार्ड जारी गर्न लागिएको हो । ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत यसका सदस्य सहकारीहरूले कोप कार्ड जारी गर्नेछन् । यसका लागि एससीटीले चाइना युनियन–पे (यूपीआई) सँग सहकार्य गर्दै आएको छ ।
सहकारीका सबै सदस्यलाई सेवा पु-याउँदै यसलाई अझ बढी प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको कोपकार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिपकार्ड र कन्टाक्टलेस प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटीएम, पीओएसमार्फत सहजै चलाउन सकिनेछ ।
यो सहकार्यपश्चात् सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् । यस सुविधाले सदस्यहरूको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिकरूपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ । यो सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने तथा साधारण बैंकिङ कारोबारको लागि बैंकसम्म गइरहनुपर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरूको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया