तलब भत्तामा पाँच महिनामै सकियो बैंकको १७ अर्ब ५९ करोड
सुरेश राउत
काठमाडौं, माघ २८
बैंक तथा फाइनान्स कम्पनीहरुमा कर्मचारी व्यवस्थापन खर्च उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा विकास बैंक, क्षेत्रीय तथा राािष्ट्रयस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्तामा मात्र १७ अर्ब ५९ करोड ६० लाख रुपैयाँ सकाएका छन् ।
गत आवको सोही अवधिमा भने २८ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी ३३ वटा विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा रहेका थिए । सोही आधारमा यी बैंक तथा फाइनान्स कम्पनीहरुले कर्मचारीहरुको तलब भत्तामा १४ अर्ब पाँच करोड २७ लाख रुपैयाँ सकाएका छन् । राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनामा वाणिज्य बैंकहरुले भने कर्मचारीहरुको तलब भत्तामा १५ अर्ब तीन करोड रुपैयाँ सकेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कर्मचारीहरुको तलब भत्ताको लागि खर्च गरेको रकम ११ अर्ब ९६ करोड ३० लाख ७० हजार रुपैयाँ रहेको थियो ।
विकास बैंकहरुले भने चालू आवको पछिल्लो पाँच महिनामा कर्मचारीहरुको तलब भत्ता शीर्षकमा दुई अर्ब १३ करोड रुपैयाँ सकेका छन् । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा विकास बैंकहरुले उक्त शीर्षकअन्तर्गत खर्च गरेको कुल रकम एक अर्ब ७२ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
यसैगरी फाइनान्स कम्पनीहरुले पनि चालू आवको पछिल्लो पाँच महिनाको अवधिको कर्मचारीको तलब भत्ता शीर्षकमा ४३ करोड ६० लाख रुपैयाँ खर्च गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्सहरुले यस्तो शीर्षकमा खर्च गरेको कुल रकम २९ करोड ५५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा कार्यालय व्यवस्थापन शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले छुट्टै ११ अर्ब ९० करोड ४० लाख रुपैयाँ खर्च गरेका छन् । सोमध्ये वाणिज्य बैंकहरुले नौ अर्ब ९९ करोड, विकास बैंकहरुले एक अर्ब ५६ करोड ५० लाख र फाइनान्सहरुले ३४ करोड ९० लाख रुपैयाँ खर्च गरेका हुन् । गत आवको सोही अवधिमा भने कार्यालय व्यवस्थापन शीर्षकमा ११ अर्ब ३७ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए । सोमध्ये वाणिज्य बैंकहरुले नौ अर्ब ८६ करोड, विकास बैंकहरुले एक अर्ब २१ करोड ८४ लाख र फाइनान्स कम्पनीहरुले २९ करोड ५५ लाख रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया