सोलुखुम्बु । सोलुखुम्बु–सगरमाथा क्षेत्रबाट बाहिरीने पर्यटकको संख्या वृद्धि भएको छ । सिजन सकिनलागेसँगै खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकहरु फर्किने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार पछिल्लो समय दैनिक एक सय जनाको हाराहारीमा पर्यटक भित्रिरहेका छन् भने दैनिक तीन सय जनाभन्दा बढी बाहिरिने गरेका छन् । गत साउन देखि वैशाख २७ गते सम्ममा २२ हजार आठ सय चार जना पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।
भ्रमणकर्तामध्ये १८ हजार ३६ जनाविदेशी र चार हजार सात सय ६८ जना नेपाली रहेको निकुञ्जको तथ्यांक छ । खुम्बु भ्रमण गर्ने पर्यटकमा सबै भन्दा बढी भारतीय रहेको निकुञ्जको कार्यालयले जनाएको छ । खुम्बुमा वर्षको दुई सिजन फागुन मध्यदेखि जेठको मध्यसम्म र असोजदेखि मंसिर सम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
सिजनको सुरुवात समयमा मासिक हजारौँ पर्यटकहरु सो क्षेत्रमा भित्रिने गरेको छन् । कोभिड–१९ महामारी सामान्यजस्तो बन्दै गएपछि सोलुखुम्बु–सगरमाथा आउने पर्यटकको संख्यामा अत्याधिक वृद्धि भएको सूचना अधिकारी रोकायले बताए । सिजनको समयमा भएको पर्यटकको आवगमनले यहाँको अर्थतन्त्र सवल बनेको थियो । सिजनमा आएको पर्यटकका कारण यहाँको होटल, होमस्टे, स्थानीय पर्यटक गाइड, भरियालगायतका सदस्यहरुले काम पाएका थिए । सिजनको समयमा पर्यटकको आवागमनसँगै आफ्नो होटेल, होमस्टे सञ्चालन भएको हुँदा राम्रो आम्दानी भएको एक होटल सञ्चालकले बताए । सिजन सकिएपछि न्यून मात्र पर्यटक आउने हुँदा होटेल भरिभराउ नहुँदा व्यापारसमेत प्रभावित बन्न पुग्ने उनको भनाइ छ ।
सिजन सकिए पनि पर्यटक भने करिब सधैँजसो आउने गरेको पाइन्छ । विशेष गरी सगरमाथा, ताल, पर्यावरणको अनुभव लिनको लागि पर्यटकहरु आउने गरेको पाइन्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- मुक्तिनाथ विकास बैंकद्वारा इलाम र महोत्तरीमा वृक्षारोपण
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१औँ प्रतिवेदन पेस हुँदै
- आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण मंगलबार
- अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ: उपाध्यक्ष पौडेल
- पहिरो खसेर मेसिन अपरेटरको मृत्यु
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया