प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको एक सय २४औँ बैठकले प्रसार्इंलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रसाईंको कार्यकाल बीमा समितिबाट स्वीकृत भएपछि कार्यान्यनमा आउने कम्पनीले जानकारी दिएको छ । यसअघि कम्पनीको कायममुकाय प्रमुख कार्यकारी अधिकृतको पदमा किशोर प्रसाद लामिछाने थिए । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड १३ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी भने छ रुपैयाँ ७६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ५६ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया