अफ्रिकी देशलाई खाद्य संकटबाट बच्न मद्दत गर्न एएफडीबीद्वारा १.५ अर्ब डलर सहयोगको घोषणा
दक्षिण अफ्रिका । अफ्रिकी विकास बैंक (एएफडीबी)ले अफ्रिकी देशहरूलाई सम्भावित खाद्य संकटबाट बचाउन १.५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको बताएको छ ।
शुक्रबार चिनियाँ समाचार संस्था सिन्ह्वालाई उपलब्ध गराइएको जानकारीमा बैंकले भनेको छ, ‘रूस–युक्रेन संकटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नु परेको छ । अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको स्रोतको अभाव सामना गर्नुपरेको छ ।’
‘खाद्य सहायताले अफ्रिकालाई खुवाउन सक्दैन । अफ्रिकालाई खाद्यान्नका लागि माग्नुपर्ने आवश्यकता पर्दैन तर अफ्रिकालाई जमिनमा बीउ र स्थानीय तवरमा प्रशस्त मात्रामा उत्पादन हुने अन्न काट्ने गर्न यान्त्रिक औजारको खाँचो छ र यसका लागि बैंकको सहयोग आवश्यक रहेको पुष्टि हुनेछ’, एएफडीबीका अध्यक्ष अकिनवुमी अडेसिनाले भने ।
बैंकले खाद्य आपूर्ति तुरुन्त बढाउन मे महिनामा रोप्ने मौसम सुरु हुनुभन्दा पहिले अफ्रिकी कृषकहरूलाई तत्काल उच्च गुणस्तरीय बीउ र अन्य खाद्यान्नका सामानको आवश्यकता भएको बताएको छ । बैंकका अनुसार अफ्रिकी आकस्मिक खाद्य उत्पादन केन्द्रमार्फत साना कृषकहरूलाई खाद्यान्नको कमीबाट पर्ने समस्यामा सहयोग गर्ने पहलस्वरूप १.५ अर्ब अमेरिकी डलर सहयोग गर्नेछ ।
यस सुविधाले २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बीउ उपलब्ध गराउने छ । यसले कृषि मलको पहुँच बढाउने र उनीहरूलाई खाद्यान्नको उत्पादन बढाउन सक्षम बनाउने कुरा पनि बैंकले उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया