ग्लोबल आईएमई बैंकद्वारा आमा घर सेवा आश्रमलाई सहयोग
काठमाडौं फागुन ५
ग्लोबल आइएमई बैंक लिमिटेडले आमाघर सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागि तीन लाख रूपैयाँ सहयोग गरेको हो । बैंकको बागमती प्रदेशका डेपुटी प्रदेशप्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक विजयराज सिग्देललाई तीन लाखको चेक हस्तान्तरण गरेका हुुन् ।
कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष उप्रेतीले सामाजिक उत्तरदायित्वमा पहल गर्दै ग्लोबलले गरेको सहयोग देख्दा निकै हर्षित भएको विचार व्यक्त गरे । आमा घर सेवा आश्रमका संरक्षक सिग्देलले बैंकले आश्रममा बस्ने बुढा आमाबुवाहरूका लागि अति आवश्यक तातोपानीका लागि सोलार जडानका निमित्त आर्थिक सहयोग प्रदान गरेकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गरे । उनले ग्लोबल आइएमई बैंक, आश्रमलाई आर्थिक सहयोग प्रदान गर्ने प्रथम बैंक भएको समेत जानकारी गराए ।
त्यसैगरी डेपुटी प्रदेशप्रमुख दिपेन्द्र कडरियाले बैंक पनि समाजकै अंग भएकोले यस्तै किसिमका सामाजिक उत्तरदायित्व निर्वाहका निमित्त सामाजिक कार्यक्रमहरूमा सहयात्री भई नै रहने जानकारी गराए । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका पदाधिकारी, आश्रम ब्यवस्थापन समितिका पदाधिकारी, भवन निर्माण समितिका पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया