वायु प्रदूषणले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ : अध्ययन
काठमाडौं । २.५ पीएमको वायु प्रदूषणको दीर्घकालीन जोखिमले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ र असामयिक रूपमा अल्जाइमर रोग लाग्न सक्ने नयाँ अध्ययनले देखाएको छ ।
‘बायोलोजिकल साइकियाट्री’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार पीएम २.५, भू–स्तरीय ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता वायु प्रदूषणले ‘न्युरोटक्सिक’ प्रतिक्रियाहरू ल्याउनसक्ने र यसले मानव ज्ञानेन्द्रिय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको छ ।
चीनको साङ्घाईको फुदान विश्वविद्यालयको हुआशान अस्पतालका चिनियाँ अनुसन्धानकर्ताहरूको नेतृत्वमा अन्तर्राष्ट्रिय टोलीले वायु प्रदुषणका कारण निम्तिने संज्ञानात्मक ह्रासको जोखिमबारे अध्ययन गरी रिपोर्ट तयार पारेको हो । उक्त अध्ययनले स्वास्थ्य र बुढ्यौलीसम्बन्धी सर्वेक्षणमा ३१ हजार पाँच सय ७३ सहभागीहरूको तथ्यांक, चिनियाँ देशान्तर स्वस्थ दीर्घायु सर्वेक्षण र अल्जाइमर रोगसम्बन्धी गरेको अध्ययनमा एक हजार एक सय ३१ सहभागीहरूको तथ्यांक प्रयोग गरिएको बताइएको छ ।
रिपोर्ट अनुसार प्रति घन मिटर पीएम २.५ को २० माइक्रोग्रामको वृद्धिले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा १० प्रतिशत बढ्न सक्छ अनि जमिनको सतहको ओजोन र नाइट्रोजन डाइअक्साइडको जोखिमले गर्दा खतरा बढी हुन्छ तर यसको कुनै उल्लेखनीय अनुमान छैन । उक्त अध्ययनले देखाएअनुसार पीएम २.५ को दीर्घकालीन जोखिमले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा हुने र यसले अल्जाइमर रोगको खतरा बढाउने सम्भावना रहन्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया